सप्तरीका एसपी र डीएसपीलाई पनि समात्यो कोरोना भाइरस


टुडेखोज/ राजविराज : सप्तरीका एसपी र डीएसपीमा पनि कोरोना पुष्टि भएको छ ।

एसपी राजेन्द्र प्रसाद धमला र डीएसपी तिलक भारतीमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

एसपी धमला दुईसाता अघि मात्र सरुवा भएर सप्तरी आएका थिए । डीएसपी भारती भने सरुवा भएर काठमाडौं जाने तयारीमा थिए । संक्रमण पुष्टि भएपछि दुबै जना कार्यालयभित्रै होम आइसोलेसनमा बसेका छन् ।

एसपी धमला तीनदिन अगाडी मात्र पत्रकार सम्मेलन गरेका थिए । जसमा दर्जनौं पत्रकार सहभागी रहेको थियो । उनी संक्रमित भएपछि पत्रकारहरुमा पनि कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ ।

सप्तरी कारागारका ९ कैदीबन्दी समेत संक्रमित भएका छन् ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार १८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ