सिरहाको कमलदहमा डुबेर जितिया ब्रतालु महिलाको मृत्यु !


टुडेखोज/ लहान : सिरहाको मिर्चैया नगरपालिका ९ स्थित कमलदह पोखरीमा डुबेर एक महिलाको मृत्यू भएको छ । मृतक महिलाको पहिचान भने खुल्न सकेका छैन ।

कमलदहमा महिला डुबेको अवस्थामा देखेपछि एक व्यक्तिले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि ईलाका प्रहरी कार्यालयको टोली पुगेका छन् । अहिले शव पोष्टमार्टमका लागि लहान अस्पताल लग्ने तयारी प्रहरीले गरिरहेको छ ।

मृतक महिलाको शरिरमा चोट पटक देखिएको छैन । जितिया ब्रत बसेका कारण नुहाउन गएका बेला उनी डुबेको हुनसक्ने प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र २५, बिहीबार २०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ