सप्तरीको दुई वार्डमा दलित संघर्ष समिति गठन, अन्यायविरुद्ध लड्ने !


टुडेखोज/लहान : सप्तरीको खड्क नगरपालिका वडा नम्बर ३ र ४ मा संयुक्त दलित संघर्ष समिति गठन गरिएको छ ।

वडा नम्बर ४ मा शिवनारायण दासको नेतृत्वमा ५२ सदस्यीय दलित संघर्ष समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा बुद्धिलाल सरदार, कोषाध्यक्षमा फूलोदेवी सदा, सचिवमा भुपेन्द्र विश्वकर्मा, सहसचिवमा लक्ष्मी मरिक छन् ।

दलित अगुवा राजेश विद्रोहीको प्रमुख आतिथ्यमा कार्य समितिलाई चयन गरिएिको छ । समितिका पदाधिकारीहरुलाई विद्रोहीले अविरल माला लगाएर बधाई तथा शुभकामना दिएका थिए ।

यतिबेला सप्तरीको स्थानीय तहमा दलित संघर्ष समितिको सांगठनिक कार्य तिब्ररुपमा अगाडि बढेको छ । पश्चिमी भेगबाट सुरु भएको संघर्ष समितिको सांगठनिक कार्यमा यतिबेला खड्क नगरपालिका नगरपालिका, सुरुंगा नगरपालिका, बोदेबर्साइन नगरपालिका र बलानबिहुल गाउँपालिकमा गरी जम्मा १५ वटा कमिटी गठन भइसकेको छ भने थप संगठन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ ।

अहिलेसम्म दलितभित्रका विभिन्न जातीय समूह मिलाएर १५ वटा संगठनमा ८ सय ५१ जनाको कमिटी निर्माण भइसकेको सप्तरी जिल्ला संघर्ष समितिका अध्यक्ष प्रमथलाल रामले जानकारी दिए ।

खड्ग नगरपालिकाकै वडा नम्बर ३ मा राजकुमार सरदारको नेतृत्वमा ९९ सदस्यीय दलित संघर्ष समिति चयन गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार ११:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ