अस्पतालले भर्ना नलिँदा बच्चा जन्माउन नपाउँदै गर्भवती महिलाको ज्यान गयो


टुडेखोज/ मोरङ :अस्पतालले भर्ना नलिँदा विराटनगरमा एक सुत्केरी महिलाको ज्यान गएको छ । विराटनगरस्थित सरकारी अस्पताल कोशीले भर्ना नलिएकै कारण विराटनगर महानगरपालिका ६ सुकुम्बासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको ज्यान गएको हो ।

प्रसूति व्यथाले च्यापेपछि बिहीवार बिहान १ बजेतिर श्रीमान शिवु ऋषिदेवले विमलालाई लिएर कोशी अस्पताल पुगेका थिए । तर बेड खाली नभएको भन्दै अस्पतालले भर्ना लिएन । बाध्य भएर उनलाई घर फर्काइएको थियो । अस्पतालबाट फर्काएर घरमा लगिएकी महिलाको बच्चा जन्माउन नपाउँदै ज्यान गएको स्थानीय विकेश मुखियाले जानकारी दिए ।

उनका अनुसार आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले अन्‍य अस्पतालमा लग्न सकिएन । दुई सन्तानकी आमा विमला बच्चा जन्माउन नसक्दा प्रसूति व्यथाले छटपटाउँदा छटपटाउँदै ज्यान गुमाएको स्थानीयले जनाए ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएको ऋषिदेव ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएको थिए । सुनसरीको दुहवी घर भए पनि कामको सिलसिलामा शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए ।

यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका महिलालाई तत्काल उपचार थाल्नु पर्नेमा फिर्ता पठाउनु गम्भीर लापरबाही भएकले यदी त्यस्तो हो भने आवश्यक छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १२:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ