सिमा क्षेत्रमा SSB को ज्यादती, नेपाली नागरिकमाथि निर्घात कुटपिट


टुडेखोज/ सर्लाही : सर्लाहीको सोनवर्षा दशजग्गा क्षेत्रमा भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले एक नेपालीलाई निर्घात कुटपिट गरेका छन् ।

ब्रह्मपुरी गाउँपालिका ४ त्रिभुवन नगरका अन्दाजी ३५/४० वर्षीय सरोज महतोलाई एसएसबीले नियन्त्रणमा लिएर विहान ११ बजे निर्घात कुटपिट गरेका हुन् । एसएसबीको कुटाइबाट उनी घाईते भएका छन् । उनको शरिरभरी निलडाम छ ।

‘औषधी लिन सोनवर्षा बजार जाँदै थिए’, कुटिएका महतोले भने, ‘तीन जना एसएसबीले नियन्त्रणमा लिएर कुट्न थाल्यो ।’ आफुसँगै गएका २ जनालाई भने फर्काएको उनको भनाई छ ।

स्थानीय मनोज सिमामा एसएसबीले दादागिरी जमाउन खोजेको बताए । उनले भने, ‘भारत प्रवेश गर्न दिनु थिएन भने फकाइदिए हुन्थ्यो नी । तर नियन्त्रणमा लिएर कुटपिट गर्नु एसएसबीको ज्यादती हो ।’

एसएसबीले पटक पटक सिमा क्षेत्रमा नेपाली नागरिकमाथि ज्यादती गर्ने गरेको स्थानीय बताउँछन् । तर नेपाली प्रशासन मौन देखिएको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ