२४ घण्टामै शुक्रवार थपिए १ हजार ४५४ कोरोना संक्रमित


टुडेखोज/ काठमाडौं : शुक्रवार नेपालमा १ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ । ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले बताए ।

आज मात्रै १० हजार ७ सय जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमित रहेको आशंकामा ६ हजार ७८ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ९७२ जना निको भएका छन् । योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १६:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ