प्रदेश २ मा शुक्रवार थपिए ४८ कोरोना संक्रमित, २२ जना सिरहाकै (हेर्नुस् पुरा विवरण)


टुडेखोज/ जनकपुरधाम : प्रदेश २ मा शुक्रवार ४८ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये २२ जना महिला रहेकी छन् ।

सबभन्दा बढी सिरहामा २२ संक्रमित थपिएका छन् । जसमध्ये १९ जना सिरहा कारागारकै कैदीबन्दी छन् । यसअघि पनि ५९ जना कैदीबन्दीमा संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै बारा र पर्सामा १/१ जना, सर्लाहीमा ५ जना, रौतहटमा ६ जना र सप्तरीमा १३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ मा संक्रमितको संख्या ११ हजार ७१३ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जनकपुरधाम बस्दै आएका महोत्तरीको बथनाहा टोलका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै यस प्रदेशमा मृतकको संख्या १०८ पुगेको छ ।

हेर्नुस् पुरा विवरण :

CamScanner 09-11-2020 17.36.43
प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ