कुटेरै चौधरीको ज्यान लिने घरबेटीमाथि कडा कारबाही गर्न माग


टुडेखोज/ जनकपुरधाम : घरबेटीको कुटाइबाट काठमाडौंको कीर्तिपुरमा शम्भु चौधरीको मृत्यू भएको घटनाको न्यायिक छानविन गरी दोषीमाथि कारबाही गर्न विद्यार्थी जनमत संघले माग गरेको छ ।

कीर्तिपुर नगरपालिका ७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षीय शम्भु चौधरीको ज्यान गएको हो । उक्त घटनाप्रति गम्भिर ध्यानकर्षण भएको भन्दै संघका अध्यक्ष पोषण कुमार यादबले विज्ञप्ती जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

पानीको कारणले घरबेटीसँग चौधरीको विवाद भएको बताइएको छ । संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना महामारीको विपद् परिस्थितिमा रहेको आर्थिक मन्दिमा घरबेटीले डेरावाललाई आर्थिक दबाब दिने, अपमान गर्ने, बारम्वार फोन गरी टर्चर गर्ने घटना भइरहेको र अहिले हत्यासम्मको परिस्थिति सृजना भएको छ ।’

सरकारले विद्यार्थीहरुका लागि घरभाडा छुट सम्बन्धि कुनै पहल नगरेको प्रति गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र २६, शुक्रबार २१:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ