धनुषामा थप एक कोरोना संक्रमितको ज्यान गयो


जनकपुरधाम : धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।जनकपुरधाम उपमहानगरपालिका ४ मुरली चोकमा बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

स्वासप्रस्वासको समस्या देखिएपछि भदौ १९ गते उनी प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका थिए । शुक्रबार उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका सूचना अधिकारी गणेश मिश्रले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १०:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ