जसपाका युवाहरुद्वारा हथमुन्डा विद्यालय परिसरमा बृक्षारोपन, प्रधानाध्यापक सम्मानित


टुडेखोज/ जनकपुरधाम : धनुषाको कमला नगरपालिका ७ हथमुन्डास्थित प्रगतिशिल माध्यमिक विद्यालय परिवारमा आज युवाहरुले बृक्षारोपन गरेका छन् ।

जनता समाजवादी पार्टीका युवाहरुले पर्यावरण संरक्षणका लागि विद्यालय परिसरमा बृक्षारोपन गरेका हुन् । कमला नगरपालिकाको नगर युवा अध्यक्ष रामकुमार साहको अगुवाइमा बृक्षारोपन गरिएको छ ।

बृक्षारोपन समारोहमा जसपाका नगर अध्यक्ष मनिकलाल मण्डल, पार्टीका केन्द्रिय सदस्य अरुण सिंह, युवाको प्रदेश उपाध्यक्ष उमेश निराला, जिल्ला अध्यक्ष दिपेन्द्र कापर, सक्रिय युवा इसराफिल अन्सारी, विद्यार्थी संगठनका जिल्ला सचिव बलिराम कापर, युवाहरु रितिक महतो, रामबाबु महतो, अमरेन्द्र यादब लगायतका सहभागिता रहेको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक राजिन्द्र यादबलाई गम्छा ओढाएर सम्मान समेत गरिएको छ । सम्मानित भएपछि प्रधानाध्यापक यादब भावुक बनेका थिए । उनी सिरहा क्याम्पसका पूर्व सभापति पनि हुन् ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १५:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ