रुखको हाँगा काट्दा करेन्ट लागेर दुई सैनिकको ज्यान गयो


टुडेखोज/ चितवन : रुखको हाँगा काट्दा करेन्ट लागेर चितवनमा दुई जना नेपाली सेनाको ज्यान गएको छ ।

कालिका नगरपालिका ८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत सुवेदार राजुबाबु श्रेष्ठ र जवान साजन कुमालको ज्यान गएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार गणको कम्पाउण्डमा रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए ।

सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल लैजादै गर्दा र सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको छ ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ