शनिवार १२ सय कोरोना संक्रमित थपिए, १४ जनाको ज्यान गयो


टुडेखोज/ काठमाडौं : पछिल्लो २४ घण्टामा शनिबार १२ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको जानकारी दिए । उनका अनुसार देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार २ सय ६० रहेको छ ।

पछिल्लो २४ घण्टामा जना कोरोनाबाट ८५२ जना निको भएका छन् । योसँगै हालसम्म कुल निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मृतक १४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै मृतकको संख्या ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १६:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ