प्रदेश २ मा शनिवार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् पुरा विवरण


टुडेखोज डेस्क/ जनकपुरधाम : प्रदेश २ मा शनिवार १३२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २६ जना महिला रहेकी छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबभन्दा बढी सर्लाहीमा १८ महिलासहित ८० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा पनि १६ संक्रमित थपिएका हुन् ।

धनुषामा १ जना, महोत्तरीमा ७ जना, सिरहामा ५ जना, बारामा १४ जना र पर्सामा ९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रौतहट एक जनामा पनि कोरोना पुष्टि भएन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट यस प्रदेशमा कसैको मृत्यु नभएको मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए । यस प्रदेशमा मृतकको संख्या १०८ रहेको छ ।

यस्तै यस प्रदेशमा पछिल्लो २४ घण्टामा ४२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जसमध्ये ७ जना महिला रहेकी छन् ।

हेर्नुस् विवरण :

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ