सर्लाहीमा २४ घण्टामै भेट्यो ८० कोरोना संक्रमित, ४९ जना मलंगवाकै


टुडेखोज/जनकपुरधाम : पछिल्लो २४ घण्टामै सर्लाहीमा १८ महिलासहित ८० जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये ४९ संक्रमित मलंगवा नगरपालिकाकै छन् ।

मलंगवाका नगरपालिका वडा नम्बर १ देखि २३ सम्मका ४९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ । त्यहाँका ११ वर्षीय बालकदेखि ८३ वर्षीय बृद्धमा समेत कोरोना संक्रमण देखिएको छ ।

यस्तै मलंगवास्थित कोलनिका कार्यालयका १ जना, सहारा विकास बैंकका २ जना, मलंगवा नगरपालिका कार्यालयका १ जना, आँखा केन्द्रका २ जना र नापी कार्यालयका १ जनामा समेत कोरोना पुष्टि भएको मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

सिमराका २ जना, रौघटका १ जना, कौडेनाका १ जना, कविलासीका १ जना, चन्द्रपुरका २ जना, चक्रघटाका ६ जना, विष्णु गापाका ५ जना, ब्रह्मपुरीका १ जना, भगवतीपुरका १ जना र मलंगवामा स्वाब परीक्षण गराएका काठाडौं जोरपार्टीका १ जनामा समेत कोरोना पुष्टि भएको छ ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार १८:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ