३५ लाखमा बेच्न लागेको दुर्लभ कछुवासहित पाँच जना पक्राउ


काठमाडौं : दुर्लभ कछुवासहित पाँच जनालाई नेपाल प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका सुरेन्द्र श्रेष्ठ र १९ वर्षका प्रमोद बाँस्कोटा, काभ्रेपलाञ्चोक  नमोबुद्ध नगरपालिका ८ बस्ने २७ वर्षीय सन्तोष रम्तेल र रौतहटका १८ वर्षीय रुपेश तिमिल्सिना रहेका छन् ।  

महानगरीय अपराध नियन्त्रण महाशाखाले विशेष सूचनाको आधारमा काठमाडौं महानगरापलिका १४ स्थित कलङ्कीबाट उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । चितवनबाट बिक्री गर्न कछुवा काठमाडौं ल्याउँदै छ भन्ने सूचना प्रहरीले पाएका थिए ।

सोही सूचनाको आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए । कछुवा ३५ लाखमा बिक्री गर्त काठमाडौं ल्याएको अनुसन्धानबाट खुलेको छ– उनले भने ।

प्रकाशित : २०७७ भाद्र २७, शनिबार २०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ