सिन्धुपाल्चोक पहिरो : २ जनाको शव भेट्यो, १६ जना अझै बेपत्ता, कैयौं घर बगायो


सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका ७ को नागपुजे र भीरकोट तथा जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा बेपत्ता भएकामध्ये २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोले २४ घर पुरिएको स्थानीयल जानकारी दिएका छन् । नागपुजेको श्रेष्ठ टोलका १६ जना वेपत्ता भएका छन् भने एक जना वृदाको शव भेटिएको छ । ७० वर्षीय भक्तिमाया श्रेष्ठको शव भेटिएको छ।

प्रहरी निरिक्षक नवराज न्यौपानेका अनुसार नागपुजेमा स्थानीय, शसस्त्र प्रहरी, नेपाल प्रहरीले वेपत्ता भएकाको खोजी गरिरहेका छन् ।

यता भीरकोटमा १२ घर पुरिएको भएता पनि मानवीय क्षति के कति भयो भन्ने एकिन विवरण आउन सकेको छैन् ।

अहिले २४ वर्षीय जुनमाया विकको शव भेटिएको छ । घटनास्थल पुगेर प्रहरीले १२ वटा घरमा पुरिएकाहरुको खोजी कार्य गर्दैछ । यता जुगल गाउँपालिका ५ चनौटेमा पहिरोका कारण ८ घर पुरिएको जनाइएको छ ।

गएराति पहिरोले ८ घर पुर्दा तीन जना घाइते भएका वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । उनका अनुसार माथिबाट पहिरो आएपछि स्थानीय भागेकाले मानवीय क्षति भएको छैन ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार ०९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ