पूर्व राज्यमन्त्रीका छोरा भन्छन्– सडक मापदण्ड अनुसार बन्नुपर्छ, भोटको राजनीति नगर्नुस्


टुडेखोज/ महोतरी : महोत्तरीमा हुलाकी सडक अन्तर्गत सम्सी–हल्दी खण्डमा मनोमानी ढंगले निर्माण गरिरहेको पाइएको छ । भोटको राजनीतिका कारण बिना नाला जस्ताको त्यस्तै सडक वडाध्यक्षहरुले निर्माण गर्न खोजेका हुन् ।

संघिय सरकारका पुर्व राज्यमन्त्री दिप नारायण साहका छोरा संजयले सडक निर्माणमा वडाध्यक्षहरुले भोटको राजनीतिक गर्न खोजेको आरोप लगाएका छन् । उनले सडक मापदण्ड बमोजिम १ सय ५ फिट चौडा हुनुपर्ने स्पष्ट रुपले भनेपनि आफ्नो नाम जोडेर गलत प्रचारवाजी गरिरहेको उनको भनाई छ ।

सरकारी नाप नक्सा अनुसारको मध्य बिन्दुवाट दुवै तर्फ बराबर जमिन लिएर १ सय ५ फिट चौडाईको माप दण्ड अनुसारको सडक बनाउनु पर्ने उनको धारणा छ ।

नेकपाकै सरकारले हुलाकी सडक द्रुत गतिमा बनाउन लागिपरेको र आफनो परिवार पनि नेकपामा नै रहेकाले विरोध गर्ने कुरै नहुने उनको दावी छ । उनले भने, ‘तर सम्बन्धित वडा अध्यक्षहरु भोटको राजनितिका कारण मुआब्जा लिइसकेकाहरुको समेत जमिन बचाएर अहिले चलन चल्तीमा रहेकै सडकलाई कोलो पत्रे गर्न खोजेका छन् ।’

हुलाकी सडक लाइफलाइन सडक हो उनले भने, ‘मापदण्ड अनुसारकै चौडाईमा मात्र कालो पत्रे हुनुे पर्ने अन्यथा सडक नै छोटो हुन्छ ।’ अहिले चलन चल्तीको सडक अनुसार गर्दा सडकमा नाला बनाउन पनि मुस्किल भइरहेको र सडक पछि साँगुरो र टेढो भइरहेको उनको भनाई छ ।

‘सडकमा आफनो जति जग्गा जान्छ, दिन तयार छु उनले भने, ‘ आफुहरु सडक नबनोस् भन्ने पक्षमा कदापि हुन सक्दिनँ ।’ सडक गुणस्तरीय र मापदण्ड बमोजिम बन्नुपर्ने भन्दै उनले सम्सी गाँउपालिका वडा ६ र ७ का वडा अध्यक्षहरु क्रमश मदन यादव र शैख उमैर तथा स्थानिय नेता सरोज यादवले पुर्व राज्य मन्त्री समेतको नाम जोडेर गलत प्रचारवाजी गरिरहेको बताए ।

गाँउपालिकाका अध्यक्ष फारुक अन्सारीले पनि सरकारको नियम नक्सा र मापदण्ड अनुसार नै सडकको निर्माण गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ