सर्लाहीबाट १० चक्के ट्रकसहित ३०९ किलो गाँजा बरामद, चालक फरार


जनकपुरधाम : १० चक्के ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा सर्लाही प्रहरीले बरामद गरेको छ ।

पर्सा गाउँपालिका ५ डोमोवा टोलबाट ना ४ ख ७७४८ नम्बरको  ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए ।

उनका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ । सर्लाहीको पूर्वी भेगमा ग्रामिण इलाका हुँदै लागूऔषध नेपाल-भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचना आएपछि जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली खटिएको थियो ।

उक्त टोलीलाई देखेर चालकले ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको प्रहरी निरीक्षक कुर्मीले बताए । ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको उनको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १३:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ