अब २ हजार रुपैयामै कोरोना परीक्षण गराउन पाइने


काठमाडौं : सरकारले कोरोना संक्रमण पत्ता लगाउन गरिने पिसिआर परीक्षण शुल्क घटाएको छ ।

यसअघि कोरोना परीक्षण शुल्क अधिकतम चार हजार रुपैयाँ तोकिएको थियो । तर अब दुई हजार रूपैयाँमै पिसिआर परीक्षण हुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले सबै किसिमका शुल्क जोडेर अब पिसिआर परीक्षणका क्रममा ल्याबहरुले दुई हजारभन्दा धेरै लिन नपाउने बताए ।

‘पिसिआर परीक्षण सम्बन्धी शुल्क पुनरावलोकन गरेका छौं । रिएजेन्टसहितका सामानको मूल्य घटेका आधारमा यस्तो निर्णय लिइएको हो’, गौतमले भने ।

कोरोना परीक्षण शुल्क निजी, सार्वजनिक र सरकारी सबै प्रयोगशालामा २ हजारभन्दा नबढी लिने व्यवस्था मिलाइएको उनको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ