धनुषा : भोलीदेखि जिल्लाभर सबै प्रकारका निजी गाडी चल्ने !


टुडेखोज/ जनकपुरधाम : कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएका कारण लामो समयदेखि बन्द भएका निजी गाडीहरु सोमवारबाट सञ्चालनमा आउने भएको छ ।

कोरोना संक्रमण फैलिने क्रम नरोकिएपनि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा खुकुलो पारेको छ । जसअन्तर्गत सबै प्रकारका निजी सवारी जोर/बिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जारी गरेको सूचनामा ‘जिल्लाभित्र सबै प्रकारका निजी सवारी साधनहरु जोर गेत जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधान संचालन गर्न पाउने’ उल्लेख छ ।

यस्तै सबै कार्यालयबाट स्वास्थ्य सम्बन्धी मापदण्ड कार्यालय प्रमुखले पालना गर्ने गराउने गरी सबै प्रकारका सेवा सुचारु गर्ने निर्णय पनि भएको प्रजिअ भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ