जनकपुर : भोलीदेखि कुन पसल कति बजे खोल्न पाइने ? हेर्नुस् सूचना


टुडेखोज/ जनकपुरधाम : कोरोना संक्रमण बढ्दै गएपनि धनुषामा निषेधाज्ञा खुकुलो पारिएको छ । निषेधाज्ञा खुकुलो पारेपछि कोरोना संक्रमण बढ्ने चिन्ता भने थपिएको छ ।

आईतवार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जारी गरेको सूचनामा भदौं २८ गते राति १२ बजेदेखि असोज ४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । तर सूचनामा सिफ्ट अनुसार सबै पसल संचालन गर्ने पाउने, जोर विजोर प्रणाली अनुसार निजी गाडी चलाउने पाउने र कार्यालयहरु संचालन गर्ने निर्णय गरिएको उल्लेख छ ।

धनुषा जिल्लाभर किराना, फलफुल र तरकारी पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । उनका अनुसार निषेधित बाहेक अन्य पसलहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म संचालन गर्न पाइनेछ ।

यस्तै शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका सेवा र कार्यहरु हाललाई निषेधित गरिएको जारी सूचनामा उल्लेख छ । सूचनामा सैलुन खोल्न नपाउने भनिएपनि बजारका अधिकांश शैलुन पसल खुल्ला रहनेगर्छ ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १८:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ