जनता समाजवादी पार्टीले भन्यो- रेशम चौधरीलाई यथाशिघ्र रिहा गर


टुडेखोज/ काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले नेता रेशम चौधरीलाई रिहा गर्न सरकारसँग माग गरेको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आईतवार विज्ञप्ती जारी गर्दै चौधरीको यथाशिघ्र रिहा गर्न माग गरेका हुन् ।

‘मधेश/ थरुहट आन्दोलनहरुमा सहभागि भएका केही नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पति रोका गर्ने, थुनामा राख्ने कार्य अझैसम्म जारी रहेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘यस्ता कार्य बन्द गरी हाल जेलमा राखिएका जसपा, नेपालका नेता मा. रेशम चौधरी लगायतका नेतारकार्यकर्ताहरु माथि सरकारले लगाइएका मुद्दाहरु खारेजगरी मा। रेशम चौधरीलाई यथाशिघ्र रिहाई गरिनु पर्दछ ।’

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक बालक मारिएका थिए । उक्त घटनाका मुख्य आरोपी चौधरीले २०७४ फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे । त्यसयता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन् ।

चौधरी गत निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । २०७५ पुस १९ गतेमात्रै उनले प्रतिनिधिसभा सांसदका रुपमा सपथ लिएका थिए ।

आन्दोलनका क्रममा सुरक्षाकर्मी मारिएपछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो । सुरक्षाकर्मीको उपद्रोका कारण दर्जनौं थारुहरु विस्थापित भए । कैयौं थारु नेतामाथि अझै सरकारले मुद्दा लगाएका छन् ।

प्रकाशित : २०७७ भाद्र २८, आईतवार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ