बलान नदि नियन्त्रणका लागि मन्त्री सोनललाई ध्यानाकर्षण


रामनारायण पण्डित/ सप्तरी : सप्तरीको बलान बिहुल गाउँपालिकालाई बलान नदिले वर्षेनि कटान डुवान गर्दै आएको सम्बन्धमा प्रदेश २ सरकारलाई ध्यानाकर्षण गराएको छ ।

बलान नदिमा आएको बाढिले बलान बिहुल गाउँपालिकाको वडा २ दिघिया र ४ बेल्हिको बस्ती असुरक्षित बन्दै गरेकोले नदि नियन्त्रण गर्न भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनललाई ध्यानाकर्षण गराएको हो ।

बलान नदिले उब्जाउ जमिन र गौचर समेत कटान गरेकोले निरीक्षण गरि नियन्त्रणको ठोस पहलकदमी लिन वडा ४ को वडा अध्यक्ष हन्सु मियाँद्वारा हस्ताक्षरित पत्र मार्फत माँग गरिएको छ ।

ध्यानाकर्षण गराउन पुर्ब सिचाई मन्त्री उमेश यादब, वडा अध्यक्ष हन्सु मियाँ, नेकपाका युवा नेता खेमचन्द्र यादव लगायतका नेता कार्यकर्ता मन्त्री सोनललाई भेटेका थिए ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार ०८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ