मौसम अपडेट : चार वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना


टुडेखोज/ काठमाडौं : मनसुनको न्यून चापीय रेखाको प्रभावका कारण विभिन्न चार वटा प्रदेशका विभिन्न स्थानमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ ।

अहिले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

यस्तै आज राति प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकाध ठाउँमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अपिल गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ