जनकपुर–जयनगर रेल संचालन गर्न १२९ कर्मचारी माग्यो (सुचनासहित)


टुडेखोज/ जनकपुरधाम : जनकपुर–जयनगर रेल संचालनका लागि विभिन्न पदका १२९ कर्मचारीका लागि भर्ना खोलेको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रिय कार्यालय जनकपुरधामले ‘गोरखापत्र दैनिक’मा आज कर्मचारी भर्नाको विज्ञापन निकालेको हो । शाखा अधिकृतदेखि कार्यालय सहयोगसम्मका लागि विज्ञापन गरिएको छ ।

रेल्वे कम्पनीले रेल संचालनका लागि कर्मचारी मागेपछि अब जयनगर–जनकपुर रेल संचालनमा आउने आश जागेको छ । नेपाल सरकारले दुई रेल भारतबाट खरिद गरिसकेको छ । तर लकडाउनका कारण रेल नेपाल ल्याउन सकिएको छैन ।

जयनगरदेखि जनकपुरको कुर्थासम्मको रेल्वे ट्रयाक निर्माण भइसकेको छ । कुर्थादेखि बर्दिबासम्म रेल्वे ट्रयाक निर्माणाधिन अवस्थामा रहेको बताइएको छ ।

हेर्नुस् सूचना :

प्रकाशित : २०७७ भाद्र २९, सोमबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ