सिरहाका एक कोरोना संक्रमित महिलाको ज्यान गयो


टुडेखोज/ लहान : सिरहाका थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । सिरहाको बन्दिपुर घर भएकी ३२ वर्षीया महिलाको ज्यान गएको हो ।

ज्वरो आएपछि उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा ति महिलालाई कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।

उपचारकै क्रममा उनको आईतवार साँझ साढे ५ मृत्यु भएको प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर जामुन सिंहले जानकारी दिए ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार ०९:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ