धनुषा : महिलासँग प्रहरी हबलदारलाई रंगेहात स्थानीयले समात्यो


टुडेखोज/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ३ स्थित एक महिलासँगै घरमा बसेका एक प्रहरीलाई स्थानीयले समातेका छन् ।

आईतवार राति १० बजे ईलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत प्रहरी हबलदार प्रेम नेपालीलाई महिलासँग स्थानीयले रंगेहात पक्राउ गरेका हुन् । राति नै स्थानीयले आवश्यक कारबाहीका लागि प्रहरी हबलदार नेपालीलाई यदुकोहाका इन्सपेक्टर दिपकबाबु केसीको जिम्मा लगाएका छन् ।

स्थानीयका अनुसार महिलाको श्रीमान विदेशमा छन् । उनी घरमा एक्लै बसेको बेला प्रहरी हबलदार नेपाली राति करिब १० पुगे पुगेका थिए । घरमा हबलदारलाई देखेपछि समातेर कारबाहीका लागि यदुकोहा प्रहरी कार्यालयमा जिम्मा लगाइएको छ ।

यदुकोहाका इन्सपेक्टर केसीले नशा सेवन गरी प्रहरी हबलदार नेपालीले महिलाको घरमा रातिको समयमा गएकाले आवश्यक कारबाही गरिने बताए । उनले घटनाबारे प्रहरी प्रहरी र जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराइसकेको बताए । उनले भने, ‘कानुन बमोजिम उनलाई कारबाही हुन्छ ।’

प्रहरी हबलदारसँगै ति महिलालाई समेत स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । अहिले महिला पनि यदुकोहा प्रहरी कार्यालयमै छन् । घटनापछि महिलालाई घरमा नराख्ने उनका आफ्न्तले भनिरहेको वडाध्यक्ष नागेन्द्र मण्डलले जानकारी दिए ।

उनले घरमा कोही नभएको अवस्थामा नशा सेवन गरी पुगेका प्रहरी हबलदार नेपालीलाई निलम्बन गरिनुपर्ने बताए । उनले टुडेखोजसँग भने, ‘म अहिले प्रहरी कार्यालयमै छु । उनलाई निलम्बन गर्न यहाँका इन्सपेक्टरले माथिल्लो निकायमा पत्र पठाउन लागेका छन् ।’

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १०:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ