भारतमा एक नेपालीमाथि गोली प्रहार, अवस्था गम्भिर !


टुडेखोज/ मोरङ : भारतको जोगवनीमा एक नेपालीमाथि गोली प्रहार भएको छ । विराटनगर १२ रोडशेष घर भएका २४ वर्षीय ‘बासु’ भनिने दीपक मण्डलमाथि गोली प्रहार भएको हो ।

भारतको जोगवनी नगर पञ्चायत १२ चाँदनी चोकमा आइतबार दिउँसो ३ बजेतिर पुगेका मण्डलमाथि गोली प्रहार भएको नेपाल प्रहरीले जनाएको छ ।

मण्डलमाथि अन्दाजी ३० वर्षीय मुकेश यादवले गोली प्रहार गरेको खुलेको बताइएको छ । घटना हुनुअघि दशगजा नजिकै भारततर्फ यादव केही साथीहरुसँग क्यारमबोर्ड खेलेर बसिरहेका थिए । उनले नै आफूमाथि गोली प्रहार गरेको मण्डलले प्रहरीलाई जानकारी गराएका छन् ।

मोरङ प्रहरी प्रमुख, एसपी सन्तोष खड्काका अनुसार गोली प्रहारबाट मण्डलको दायाँ खुट्टाको औंलामा प्वाल परेको छ ।

गोली प्रहारपछि घटनामा संलग्नले नै उठाएर जोगवनी बजारको एउटा क्लिनिकमा उपचार गर्न लगेको पनि खुलेको छ ।

उपचार गराएको पैसा तिर्ने विषयमा विवाद हुन थालेपछि आफूसँग रहेको पेस्तोल निकालेर क्लिनिक सञ्चालककै अगाडि तीन राउण्ड हवाईफायर गर्दै यादव फरार भएको प्रहरीको भनाइ छ ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १२:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ