अब निजी ल्याबको रिपोर्टले पनि कोरोना बीमाको रकम पाइने


टुडेखोज/ काठमाडौं : अब निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको भुक्तानी दाबी गर्न पाईने भएको छ ।

बीमा समितिले संशोधन गरेको कोरोना बीमा मापदण्डअनुसार निजी ल्याबको रिपोर्टका आधारमा पनि कोरोना बीमाको दाबी पाइनेछ । सोमबारदेखि लागू हुने गरी बीमा समितिको सञ्चालक समिति बैठकले कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोना परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाहरुबाट पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्ने मापदण्डमा उल्लेख गरेको छ ।

यसअघि समितिले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए कोरोना बीमा गर्नेहरुले रकम भुक्तानी नपाउने जनाएपछि त्यसको चर्को आलोचना भएको थियो ।जनस्तरबाट भएको चर्को आलोचना र दबाबपछि समितिले मापदण्ड संशोधन गरिएको छ ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १३:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ