कुलमान झुक्किए : जागीरको म्याद भदौं ३० सम्म रहेको खुलासा


काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जागीरको म्याद भदौं ३० गतेसम्म रहेको खुलासा भएको छ ।

चार वर्षका लागि प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति पाएका थिए घिसिङ । भदौं २८ गतेसम्म आफ्नो सेवावधि भन्दै आइतबार नै प्राधिकरणबाट उनले बिदा भए ।

तर उनलाई कार्यकारी निर्देकको नियुक्ति दिँदा भने भदौं ३० गतेसम्म लेखिएकाले सेवावधि अझै दुई दिन रहेको उर्जा तथा जलस्रोत मन्त्रालय स्रोतले जनाए ।

मन्त्रालय स्रोत भन्छ, ‘घिसिङ आफै झुुक्किए । नियुक्ति भएको दिनको गणनाबाट चार वर्ष ठानेको रहेछ । तर नियुक्ति पत्रमा भदौं ३० सम्मको मिति नै किटानी गरिएको छ । मिति नै किटान गरेकाले प्राधिकरणको कार्यकारी निर्देशकमा त अझै उनी बहाल छन् ।’

नियुक्ति पत्र अनुसार मंगलबारसम्म अवधि बाँकी भएपनि घिसिङ सोमबार भने कार्यालय गएका छैन । सरकारले भने घिसिङलाई फेरि प्राधिकरणको नेतृत्व नसुम्पने करिब निश्चित भएको स्रोतको दावी छ ।

स्रोतका अनुसार उर्जा मन्त्री वर्षमान पुन घिसिङलाई नै बनाउने पक्षमा छन् । नेकपा अध्यक्ष प्रचण्ड पनि उनकै पक्षमा उभिएका छन् । तर प्रधानमन्त्री केपी ओलीको अनिच्छाका कारण अब उनलाई पुनः नियुक्त गर्ने सम्भावना छैन ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ