पछिल्लो २४ घण्टामै कोरोनाले १५ जनाको ज्यान लियो, कति पुग्यो संक्रमित ?


काठमाडौं : पछिल्लो २४ घण्टामै कोरोना भाइरसले थप १५ जनाको ज्यान लिएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ महिला र १० पुरुषको ज्यान गएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । कुल संक्रमित भएकामध्ये ० दशमलव ६५ प्रतिशतको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा १८ सय ७८ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हालसम्म ३९ हजार ५७६ जना कोरोनामुक्त भएका छन् । अहिले देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित छन् ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १७:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ