अरुको ज्यान जोगाउन सोनिगामाका ५१ जनाले गरे रक्तदान


सिबेन्द्र रोहिता/ जनकपुरधाम : धनुषाको हँसपुर नगरपालिका ६ सोनिगामा चोकमा जनता समाजवादी पार्टीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा जसपाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रगत दिएका छन् । कार्यक्रममा उपस्थित अधिकांश युवा र केहि नेपाल प्रहरीले रक्तदान गरेका हुन् ।

जसपाका युवा नेता राजेश यादबको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरिया र विशिष्ट अतिथि हँसपुरका मेयर रामज्ञान मण्डल थिए ।

कोरोना महामारीका बेला रगतको चरम अभाव भइरहेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको नेता राजेश यादबले बताए ।

मेयर मण्डलले पनि रक्तदान जिवन दान हो भन्दै रक्तदान गरेपनि स्वास्थ्यमा कुनै समस्या नआउने गरेको सुनाएका थिए ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ