जानकी मेडिकल कलेजका कर्मचारी फेरी आन्दोलित, तलब नदिएको गुनासो


टुडेखोज/ जनकपुरधाम : धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुले तलब नपाएपछि स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका छन् ।

कर्मचारीहरुले ११ महिनाको तलब र ६ बर्षको संचय कोष बापतको भुक्तानी हालसम्म नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरु पटक पटक तलब भुक्तानी गर्न आग्रह गर्दा पनि कलेज व्यवस्थापनले वास्ता नगर्दा आन्दोलन थालेका छन् ।

तलब नदिएपछि बाध्य भएर आफुहरु भदौं २६ गतेदेखि स्वास्थ्य बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन थालेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादबले जानकारी दिए । उनका अनुसार आन्दोलन गरेको तीन दिन वितेपनि व्यवस्थापन पक्षले कुनै चासो देखाएका छैनन् ।

कलेजको लेखा शाखा, शैक्षिक कार्यक्रम र प्रशासन शाखामा कर्मचारीहरुले ताला लगाएका छन् । संघर्ष समितिका संयोजक यादबले तलब दिन व्यवस्थापनले चासो देखाएका छैन तर महेन्द्रनगरका प्रहरीले ताला फुटाउने धम्की दिन थालेको गुनासो गरे ।

कलेज ब्यवस्थापनले प्रहरी लगाएर ताला फुटाएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । यसअघि पनि यहाँका कर्मचारी पटक पटक तलबका लागि आन्दोलन गरिसकेका छन् ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ