महोत्तरी : एक युवकलाई छुटाइदिने भन्दै रकम ठगेकी महिला पक्राउ


टुडेखोज/ जनकपुरधाम : लागुऔषध मुद्दामा परेका परेका एक युवकलाई छुटाइदिने भनेर रकम ठग्ने एक महिला पक्राउ परेकी छन् ।

महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ३ अजमरपट्टीकी ३७ वर्षीय ममता मण्डल पक्राउ परेकी हुन् । उनी हाल जलेश्वर नगरपालिका २ मा बस्दै आएकी थिइन् ।

लागूऔषध मुद्दामा पक्राउ परेका सम्सी गाउँपालिका ४ का एक युवकका परिवारसँग १ लाख ८० हजार रुपैया ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

पक्राउ परेका ममतामाथि आवश्यक कारबाही तथा अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र २९, सोमबार १९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ