जनकपुरमा भारी वर्षा !


टुडेखोज/ जनकपुरधाम : जनकपुरमा बिहानैदेखि मेघ गर्जनसहित बर्षा भइरहेको छ । चट्याङ खस्ने सम्भावना छ ।

वर्षाले जनकपुरको केहि ठाउको सडकमा पानी जमेको छ । निरन्तर करिब ३ घण्टादेखि बर्षा जारी रहंदा बजार सुनसान देखिन्छ । यो पानीले धान बालीमा फाइदा पुगेको किसानहरु बताउछन् ।

प्रदेश २ का अन्य केहि स्थानमा पनि बर्षा भइरहेको मौषम विभागले जनाएको छ । वर्षाका कारण आजको जनजीवन प्रभावित बन्ने देखिन्छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ०६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ