रक्सीको नशामा ७० वर्षीय बृद्वले गरे ३५ वर्षीय छोराको हत्या


टुडेखोज/ वीरगञ्ज : रक्सीको नशामा बुवाले आफ्नै छोराको हत्या गरेका छन् । पोखरिया नगरपालिका ६ सीरिसियाका ७० वर्षीय वृद्ध लक्ष्मी साहले ३५ वर्षीका छोरा माधो साहको हत्या गरेका हुन् ।

सोमवार राती छुरा प्रहार गर्दा माधो गम्भिर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि पोखरिया अस्पताल लगिएको थियो । तर त्यहां उपचार सम्भव नभएपछि वीरगञ्ज ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको छ ।

छोरामाथि नै किन छुरा प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन् । छुरा प्रहार गर्ने बेला लक्ष्मी मदिराको नशाले मातेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले छुरा प्रहार गरी छोराको ज्यान लिने बुवा लक्ष्मीलाई पक्राउ गरेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ