भारतले प्याज निकासी रोक्यो : नेपालमा अभाव हुने, मूल्य पनि बढ्ने


टुडेखोज/ जनकपुरधाम : प्याजको अभाव हुन नदिन भारतले निकासीमा प्रतिबन्ध लगाएको छ । प्याज निर्यातसम्बन्धी नीति भारतले परिमार्जन गरेको हो ।

नयाँ नीतिसँगै भारत सरकारले प्याजको निकासीमा प्रतिबन्ध लगाएको छ । भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको जानकारी गराएको छ ।

मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवद्वारा हस्ताक्षरित सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ । भारत सरकारको यो निर्णयसँगै अब भारतीय प्याज नेपाली बजारमा आउने छैन ।

नेपालले भारतबाट प्याजको आयात गरिरहेका थिए । तर भारतले प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य बढ्नुका साथै अभाव हुन सक्ने व्यापारीहरूको भनाई छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ