कमला नगरपालिकामा मेयरको मनपरी, नगर परिषद् गर्न नदिने चेतावनी


टुडेखोज/ जनकपुरधाम : धनुषाको कमला नगरपालिकाका जनप्रतिनिधिबीच चरम विवाद देखिएको छ । मेयर रामउदगार यादले पदको दुरुपयोग गरिरहेको भन्दै केहि जनप्रतिनिधि आन्दोलनको चेतावनी दिएका हुन् ।

नगरपालिकाकी उपमेयर शिला देवी मण्डल लगायतका केहि जनप्रतिनिधिले दुई दिनअगाडी पत्रकार सम्मेलन नै गरेका थिए । पत्रकार सम्मेलनमा उपमेयर मण्डलले आफुहरुले मेयर यादबलाई बुझाएको ३५ बुँदे माग पुरा नगरेमा नगर परिषद् गर्न नदिने चेतावनी दिइन् ।

https://www.youtube.com/watch?v=uEAtBiZPSzQ

उनले भनिन्, ‘मागपत्र बुझाएको ३ साता वितिसक्दा पनि मेयरले कुनै वास्ता गर्नुभएको छैन । तर माग पुरा नगरे नगर परिषद् गर्न दिने छैनौं ।’ उनले मेयरले तानाशाह जस्तै आफुखुःशी कामकाज गरिरहेको आरोप लगाइन् । उनले नगरपालिकाको योजना सम्पन्न गरेका कैयौं उपभोक्ताको निकासा मेयर यादबले रोकेर दुःख दिएको पनि बताइन् ।

पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य बिनोद रामले कार्यपालिकाको बैठक समेत नबस्दा नगरपालिकाले तत्कालै गर्नुपर्ने निर्णय हुन नसकेको बताए । उनले नगरपालिकामा सुचना अधिकारी समेत नरोको कारण जनता सूचनाको हकबाट बञ्चित भएको गुनासो गरे ।

‘मेयरले न कुनै हिसाव दिन मानेका छन्, न विकास निर्माणमा ध्यान दिएका छन्’, उनले भने, ‘३५ बुँदै मागपत्र भदौं २ गते नै बुझाउँदा पनि हालसम्म कुनै सुनवाई भएको छैन । कुनै विषयमा सूचना समेत दिने गरेका छैन ।’ मेयर यादबले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरेको खर्च विवरण पनि सार्वजनिक गर्न नचाहेको उनको आरोप छ ।

https://www.youtube.com/watch?v=KvNcJlFmQ1w

नगरपालिकामा एम्बुलेन्स, टिपर, ट्याक्टर र बारुण यन्त्र खरिद गर्नुपर्ने निर्णय भइसकेको छ । तर हालसम्म खरिद प्रक्रिया अगाडी नबढाएको मेयर यादबमाथि जनप्रतिनिधिहरुको आरोप छ । यस्तै मेयर यादबले स्टेण्ड लाइट र सोलार मनपरी तरिकाले जडान गराए । तर खरिद कतिमा भएको सूचना नदिएको पनि जनप्रनिधिहरुले आरोप लगाएका छन् ।

वडा नम्बर ८ का सदस्य रामजीवन यादबले नगरपालिकामा मेयरले मनोमानी गरिरहेको बताउँछन् । उनले निर्वाचित भएको तीनवर्ष वित्न लाग्दा पनि हालसम्म परिचयपत्र समेत नदिएको गुनासो गरे । उनले भने, ‘परिचयपत्रका लागि आवाज उठाउँदा फोटो लिएपनि हालसम्म परिचयपत्र दिएको छैन ।’

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ