भारतद्वारा नेपाललाई २ हजार भाइल रेमडेसिभिर औषधि सहयोग


काठमाडौं : भारत सरकारले कोरोना विरुद्ध लड्न नेपाल सरकारलाई २ हजार भाइल रेमडेसिभिर औषधि सहयोग गरेको छ ।

भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्‍वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मंगलबार २ हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरे । कोरोनाको विश्‍वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारतले नेपाललाई गरिरहेको सहयोगकै क्रममा औषधि हस्तान्तरण गरिएको बताइएको छ ।

यसअघि वैशाख १० मा भारतले नेपाललाई प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधि, जेष्ठ ४ गते कोरोना टेष्ट कीट र साउन २५ गते आइसीयु, भेन्टिलेटर सहयोग गरेको थियो ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ