मंगलवार कोरोनाबाट ११ जनाको मृत्यु, १४ सय ५९ संक्रमित थपिए


टुडेखोज/ काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलवार संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ ।

मंगलवार १ हजार ६२ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको ज्यान गएको छ । योसँगै मृतकको संख्या ३७१ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ