प्रदेश २ मा मंगलवार थपिए २५१ कोरोना संक्रमित (हेर्नुस् डिटेल)


टुडेखोज डेस्क, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामै २५१ कोरोना संक्रमित भेटिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार २२ महिला र २२९ पुरुषमा कोरोना पुष्टि भएको छ ।

सिरहामा सबभन्दा बढी १७० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरीमा ४३ जना, रौतहटमा २३ जना, बारामा ४ जना र महोत्तरीमा ७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा बाराको डुमरवाना १४ का ५५ वर्षीया एक महिलाको ज्यान गएसँगै यस प्रदेशमा मृतकको संख्या १२२ पुगेको छ ।

मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामै १८१ जना कोरोनामुक्त भएका छन् । जसमध्ये ६ जना महिला रहेकी छन् ।

हेर्नुस् डिटेल :

CamScanner 09-15-2020 17.25.34
प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ