असोज १ गतेबाट होटल खोल्न दिने सरकारको निर्णय


टुडेखोज, काठमाडौं : कोरोना संक्रमितको संख्या बढ्दै गएपनि सरकारले होटल तथा ट्रेकिङ व्यवसाय सूचारु गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले होटल तथा रेष्टुरेण्ड खोल्न दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी असोज १ गतेबाट होटल तथा ट्रेकिङ व्यवसाय खोल्ने निर्णय गरेको छ ।

अहिलेसम्म सरकारले ‘टेक अ वे’ सेवा मात्र लिन पाउने व्यवस्था गरेको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालका अनुसार पर्सीदेखि होटल तथा ट्रेकिङ व्यवसाय सूचारु हुने निर्णय भएको छ ।

होटल तथा ट्रेकिङ व्यवसायहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरे/ नगरेको अनुगमन संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने जनाएको छ ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ