असोज १ गतेदेखि नै लामो दुरीको गाडी चल्ने, भाडा ५० प्रतिशत बढ्यो !


टुडेखोज/ काठमाडौं : असोज १ गतेदेखि नै लामो दुरीका सार्वजनिक यातायात खुला गर्ने निर्णय सरकारले गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । तर गाडी भाडा भने ५० प्रतिशत बढाइएको छ । क्षमताभन्दा आधा यात्रु मात्र बोक्न पाउने निर्णय गरिएकाले भाडा ५० प्रतिशत बढी लिन पाउनेछ ।

असोज १ बाट चल्ने सवारी साधनले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार लामो दुरीका सार्वजनिक गाडी चलाउँदा चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ ।

यस्तै भौतिक दुरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । यसो गर्दा सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाउने उहाँले बताउनुभयो ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ