विशेश्वर यादब स्मृति प्रतिस्ठानद्धारा सप्तरीका दर्जनौं व्यक्ति सम्मानित


रासिन्द्र यादब, सप्तरी : बिशेश्वर यादब स्मृति प्रतिस्ठानले सप्तरीको बलान बिहुल गाउँपालिबकामा दर्जनौं व्यक्तिहरुलाई सम्मान गरेको छ ।

बलान बिहुल गाउँपालिका २ दिघियास्थित गिरधरनाथ शिवालयको प्रांगनमा आयोजित स्वर्गिय विशेश्वर यादब (डाडो)को दोस्रो स्मृति सभाको अवसरमा कोरोना माहामारीमा फ्रन्ट लाईनमा खटने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, समाजसेवी, पत्रकार र सेवा निबृत्त कर्मचारी सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा एभी न्यूजका सप्तरी संबाददाता बैधनाथ यादब, सगरमाथा टिभीका मनोज माझी, साझा सबाल डटकमका रामनारायण पण्डित र रेडियो सौगात तथा नबसंग्राम दैनिकका रासिन्द्र यादब रहेका छन् ।

यस्तै स्वास्थ्यकर्मी चन्दिलाल साफी, रामनाथ यादब, प्रहरी चौकी चन्हीका प्रमुख सचितानन्द यादब, राजनितिकर्मी छत्र नारायण यादब, अरुण कुमार गोईत, पुर्ब जिल्ला शिक्षा अधिकारी गंगाराम यादब, बडा नं २ का बडा अध्यक्ष बिरेन्द्र गोईत, ज्येष्ठ नागरिक भुटनी देबि यादब लगायतका ब्यक्तिहरु पनि सम्मानित भएका छन् ।

स्मृति प्रतिस्ठानलाई थप अगाडी बढाउन आबश्यक सहयोग गर्न तयार रहेको गापा अध्यक्ष गोईतले बताएका छन् । कार्यक्रममा पुर्ब जिल्ला शिक्षा अधिकारी गंगाराम यादब, बडा नं २ का बडा अध्यक्ष बिरेन्द्र गोईत लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिष्ठानको अध्यक्ष नागेश्बर यादबको अध्यक्षता, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबको बिशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उदघोषन प्रतिस्ठानका सचिब दिगम्बर यादवले गरेका थिए ।

प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार १९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ