कुलमानको पक्षमा प्रर्दशन गर्दा प्रहरीको दमन ! केहि गिरफ्तार


काठमाडौं : नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेको छ ।

केहि प्रदर्शनकारीलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ । ‘कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनानुपर्छ’ भन्दै प्रदर्शनमा उत्रेकाहरुमाथि पानीको फोहोरा प्रहार गरिएको छ ।

काठमाडौंका सिडिओको आदेशअनुसार नै प्रहरीले माईतीघरमा कुनैपनि किसिमको भेला, सभा, सम्मेलन वा प्रदर्शन गर्न रोक लगाएको छ । प्रहरीले माईकिङ गर्दै भेला नहुन आग्रह गरिरहेको छ ।

घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नुपर्ने माग राख्दै उनका समर्थकहरु विहानैदेखि काठमाडौंको विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १३:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ