बुधबार १५ सय ३९ कोरोना संक्रमित थपिए, थप ८ जनाको ज्यान गयो


टुडेखोज, काठमाडौं : बुधबार अहिलेसम्मकै सबभन्दा बढी १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा यतिधेरै संक्रमित थपिएका हुन् । अब नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । मृतकको संख्या ३७९ पुगेको छ ।

प्रकाशित : २०७७ भाद्र ३१, बुधबार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ