सिरहामा प्याजको कालोबजारी गर्ने व्यापारीहरु प्रहरी फन्दामा


मनोज बनैता, सिरहा : कृत्रिम अभाव गराई प्याज दोब्बर मुल्यमा बेच्ने सिरहाका व्यापारीहरु पक्राउ पर्न थालेका छन् ।

भारतले प्याज निर्यातमा रोक लगाएको खबरसँगै व्यापारीहरुले बजारमा प्याजको अभाव गराई ग्राहकलाई लुटेको खबर छ । प्याजको कालोबजारीमा संलग्न भएको अभियोगमा बुधबार सिरहामा साढे सात हजार किलो प्याजसहित पसलका सञ्चालक पक्राउ परेका छन् ।

प्याजको कालोबजारी भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरीबाट खटेको टोलीले सिरहाको मिर्चैया , गोलबजार र लहानका बजारको पसल र गोदाममा छापा मारी ७ हजार ४ सय ४० किलो प्याजसहित तीन जना व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि नेपालमा व्यापारीले प्याजको मूल्य ५० रुपैयाँ प्रतिकिलोबाट बढाएर एक सय रुपैयासम्ममा बेच्न थालेका छन् ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार ०८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ