लहानका मेयर साहको विवादास्पद निर्णय : हिन्दु धर्मावलम्बीद्वारा विरोध


सिरहा : लहान नगरपालिकाले हिन्दू धर्मको नाममा रहेको जग्गा कन्या विद्यालय बनाउन खोजेको भन्दै विरोध सुरु भएको छ ।

हिन्दु धर्मावलम्बीहरूले मेयर साहको निर्णयको विरोध जनाएका हुन् । लहान नगरपालिका ५ स्थित कृष्ण भगवान ठाकुरवाडीको नाममा दर्ता रहेको कि। नं। १५२३, १५२५, १५२६ को ४ कट्ठा ५ धुर जग्गामा अनाधिकृत रुपले लहान नगरपालिकाले कन्या विद्यालयको भवन निर्माण गर्न खोजेपछि उनीहरुले विरोध जनाएका छन् ।

कुनै धर्म विशेषका लागि अनुकूल हुने गरी अनाधिकृत रूपमा लकडाउनको मौका छोपेर उक्त जग्गामा विद्यालय निर्माण गर्न लागेको भन्दै हिन्दु संघ संस्थाले आपत्ति जनाएका छन् ।

मन्दिरको नामा सो जग्गा ५० वर्षभन्दा अगाडिदेखि दर्ता छ । हिन्दु धर्मावलम्बीहरूले उक्त जग्गामा अबैध रुपले भइरहेको निर्माण कर्या रोक्का गर्न माग गरेका छन् ।

हिन्दु धर्मावलम्बी संघ, संस्था आन्दोलन संघर्ष समिति गठन गरेका छन् । संघर्ष समितिको सलाहकारहरूमा लक्षमण दास महन्थ, रामकुमार शास्त्री, हितराम दास रहेका छन् ।

संघर्ष समितिले मेयर साहले मिलेर बसेका हिन्दुहरूलाई उकासले साम्प्रदायिक दंगा गराउन खोजेको आरोप समेत लगाएका छन् । जग्गा हिन्दु धर्मकै प्रयोजनको लागि धार्मिक संघ, संस्थाको सहमतिमा प्रयोग गर्न माग गरिएको छ ।

नगरभित्र मठ मन्दिरमा भजन कीर्तन समेत बन्द भएको अवस्था छ । त्यहाँ २०६८ सालमा गौमाता मन्दिरको सिलान्यास समेत भएको थियो ।

मन्दिर सिलान्यास भएको केहि दिन पछाडि गौहत्या भएको थियो । घटना भएको ठाँउमा २२ दलको सहमतिमा सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणासंगै उक्त क्षेत्रमा हिन्दु, मुसलमान लगायत कसैले पनि निर्माण कार्य नबनाउन निर्णय भएको थियो ।

लकडाउनको मौका छोपी लहानका मेयर मुनि साह सुडीले मुस्लिम धर्मशालाको उद्घाटन गरेका छन् । मेयर साहले उक्त कार्यले गर्दा हिन्दु बिरोधी रहेको भन्दै हिन्दु धर्मावलम्बी निकटका संघ संस्थाले विरोध जनाएका छन् ।

यता, मेयर साहले मुस्लिमहरूका लागि धर्मशाला बनाउन जमीन दिएको भने स्वीकार गरे । जमीन दिएपनि हिन्दुहरूको जग्गा नदिएको उनको दावी छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ