साँसद अरगरियाले जनकपुरमा खोले निर्वाचन क्षेत्रिय सम्पर्क कार्यालय


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टीका साँसद उमाशंकर अरगरियाले जनकपुरको भानु चोकमा निर्वाचन क्षेत्रिय सम्पर्क कार्यालय संचालनमा ल्याएका छन् ।

एक समारोहबीच बिहीवार एक समारोहबीच धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद अगरियाले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । जनताको चाहना र भावना बमोजिम निर्वाचिन क्षेत्रिय सम्पर्क कार्यालय जनकपुरमा खोलेको साँसद अरगरियाले जानकारी दिए ।

उद्घाटन समारोहमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादब, राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश साँसद प्रमेश्वर साह, हँसपुरका मेयर रामज्ञान मण्डल लगायतको उपस्थिति रहेको छ ।

कार्यालय उद्घाटनपछि मधेस सहिदहरुप्रति श्रद्धाञ्जली र मौन धारण समेत गरिएको छ । अहिले मन्तव्यको कार्यक्रम चल्दैछ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार ११:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ