प्याज प्रतिकिलो ८० रुपैयामा बेच्ने व्यापारी साह पक्राउ, १८ बोरा प्याज पनि बरामद


टुडेखोज, बारा : भारतले निर्यात रोकेपछि नेपालभरका व्यापारीले प्याजको मुल्य बृद्धि गरेको छ । व्यापारीहरुले कृत्रिम अभाव देखाएर दोब्बर मूल्यमा प्याज विक्री गरिरहेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ताको गुनासोपछि प्रहरीले ग्राहक बनेर कलैया उपमहानगरपालिका १ स्थित खुशी स्टोरमा प्याज किन्न पुगे । स्टोर संचालक चन्दन साहले प्रतिकिलो प्याज ८० रुपैयामा बेचे । लगत्तै व्यापारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार साहले प्रतिकिलो प्याज ४३ रुपैयामा मात्र खरिद गरेका थिए । तर ८० रुपैयामा विक्री गर्दा पक्राउ परेका छन् । उनको स्टोरबाट स्टोरबाट १८ बोरामा रहेको ४ क्वीन्टल ५८ किलो प्याज समेत बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।

व्यापारी साहमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारवाही प्रक्रिया अगाडी बढाएको बाराका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ